Flash News
No posts found
RSS

त्रिवि अन्तर्गत सामाजिक कार्य विभागमा अनलाइन विधिबाट पठनपाठन शुरू

बिहिबार, २७ चैत २०७६

अर्थ संसार मा प्रकाशित

अर्थ संसार, काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामाजिक कार्य विभागमा अनलाइन विधिबाट पठनपाठन शुरू भएकाे छ ।

हाल विश्वभर महामारीको रूपमा फैलिरहेको काेराेना भाइरस (कोभिड–१९) ले मार्च २८, २०२० सम्ममा १६१ देशहरूमा १.६ अर्ब भन्दा बढी बच्चाहरू र युवाहरूलाई स्कूल बाहिर जान बाध्य तुल्याएकाे छ । उक्त तथ्यांक विश्वभर भर्ना भएका ८० प्रतिशत विद्यार्थीहरूकाे नजिक छ ।

“सन् २०१३ देखि नै सामाजिक कार्य विभाग, सक्रिय रुपमा ICT in education को ढाचामा यस विभागले आफ्ना बिद्यार्थीहरुलाई सिकाउदै आएको छ। इन्टरनेट उपकरणहरु जस्तै Zoom, Skype, Google Drive, Facebook जस्ता साइटको मद्दतले विदेशी र विदेशमा बस्ने नेपाली प्राध्यापकहरूबाट अन्तर्क्रियाहरु गर्दै आएको छौ भनि, महिमा देवकोटा, सामाजिक कार्यकी एक बिद्यार्थीले जानकारी दिएकी छिन्। भने विद्यार्थीहरु घरै बसेर video conference मार्फत पढेको भने चाही विभाग प्रमुख डा शुक्र राज अधिकारी कै सल्लाह, सुझाब र प्रयासमा पहिलो पटक गरिएको जनाए।

त्यसैगरी, आफ्ना विद्यार्थीहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै वैकल्पिक शिक्षण विधि (Online) बाट पठनपाठनहरू शुरु गर्न सामाजिक कार्य विभाग मुलुकमा काेराेना राेकथाम गर्न लकडाउन गर्नु अगावै तत्पर रहेर विद्यार्थीहरूसँग सल्लाह गरि एक हप्ता परीक्षण सहित चैत्र २७ गते नै उपलब्धिमूलक कक्षा सञ्चालन गर्न सफल भएकाे सामाजिक कार्य विभागका प्रमुख डा. शुक्रराज अधिकारीले बताएका छन् ।

काेभिड-१९ (COVID-19) लकडाउनका कारण त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिकाे कार्यालयले पनि गत बुधबार (मिति २०७६/१२/२६ गते) एक सूचना जारी गरी डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा सम्भव भएसम्मका स्तानकोत्तर वा सोभन्दा माथिल्लो तहका पठनपाठनहरू तुरुन्तै वैकल्पिक शिक्षण विधि (Online) बाट शुरु गर्न, उपकुलपति प्रा.डा. धर्मकान्त वास्काेटाद्वारा काेभिड-१९ (Covid-19) द्वारा सृजित परिस्थिति प्रति सबैमा हार्दिक अपिल गरेका थिए । यो प्रबिधि मार्फत विद्यार्थीहरूलाई पढ्न र संसाधनहरू खोजी गर्न अधिकतम लाभ हुन् सकिने त्रि.वि खुल्ला तथा शिक्षा केन्द्रमा कार्यरत, सामाजिक कार्य स्नातकोत्तरका विद्यार्थी ओजेश रिमालले जानकारी दिए।

विभागले पहिलाे दिनकाे संचालित Research Methodology in Social Work (SW 555) अनलाईन कक्षामा विद्यार्थीहरूकाे सक्रिय सहभागिता रहेकाे प्रमुख तथा विषय शिक्षक अधिकारीले जानकारी दिए ।

यस्तै, सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेकाे अवस्थामा वैकल्पिक शिक्षण विधि मार्फत पठनपाठन जरूरी रहेकाे र विभागले चालेकाे यस कदमले पठनपाठन निरन्तरताका लागि आफूहरूलाई मूल्यवान सहयाेग पुग्ने विद्यार्थीहरूले बताएका छन् ।

यसैगरी, उक्त पठनपाठनहरू शुरु गर्नका लागि प्राविधिक समर्थन खुला तथा दुर शिक्षा केन्द्रकाे आइटी तथा प्राविधिक विज्ञ ओजेश रिमालले गरेका थिए । र, त्रिभुवन विश्वविद्यालयमा मानविकी तथा सामाजिक शास्त्र संकायमा वैकल्पिक शिक्षण विधि (Online) बाट पठनपाठन शुरु गर्ने सम्भवत सामाजिक कार्य विभाग पहिलाे हाे । काेभिड-१९ (Covid-19)काे प्रभाव त्रिभुवन विश्वविद्यालय लगायत नेपाल भरका अन्य विद्यालयहरूमा समेत देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *