Flash News
No posts found
RSS

त्रिवि अन्तर्गत सामाजिक कार्य विभागमा “१४औं विश्व सामाजिक दिवस” भव्यताका साथ सम्पन्न

मङ्गलबार, ०४ चैत २०७६
arthasansar.com मा प्रकाशित

अर्थ संसार, काठमाडौं – “मानव सम्बन्धको महत्वलाई उत्थान“ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ १४ औं विश्व सामाजिक कार्य दिवस त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामाजिक कार्य विभागमा भव्यताका साथ मंगलबार सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय नारालाई मध्यनजर गर्दै कार्यक्रमको शीर्षक “Strengthening the relationship between Department of Social Work Family” राखिएको कार्यक्रमका सभापति ओजेश रिमालले जानकारी दिएका थिए ।

सामाजिक कार्य विभागका प्रमुख डा. शुक्रराज अधिकारी तथा नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा.मृगेन्द्र बहादुर कार्कीको प्रमुख र विशिष्ट आतिथ्यमा दिप प्रज्वलन गरी औपचारीक कार्यक्रमको शुभारम्भ गरिएको थियो । यस कार्यक्रममा विभागमा आवद्ध गुरुवर्गहरु र स्नातकोतर दीक्षित विद्यार्थी एवंम अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

स्नातकोत्तरका शिक्षक विद्यावारिधि शोधार्थी सरोज गिरीले राष्ट्रिय निकायले सामाजिक कार्य विद्यालाई पहिचान गर्नुपर्ने र सामजिक कार्यको परिभाषा, अधिकार र सामाजिक कर्ताहरुले देशप्रति निभाउनु पर्ने कर्तव्य र भूमिकाकाे बारेमा प्रकाश पारेका थिए ।

नेपालमा सामाजिक कार्यको महत्व बारे यसो भन्छन् विद्यावारिधि शोधार्थी सरोज गिरी (भिडियोसहित)

यसका साथै, स्नातकोत्तरका शिक्षक तथा विद्यावारिधि शोधार्थी प्रतिक शर्मा लामिछानेले मौलिक सामाजिक कार्य विद्यामा अनुसन्धान गरी समाजमा निती निर्माण गर्नका लागि सामाजिक कार्यका विद्यार्थीहरूलाई प्रेरणा दिएका थिए । 

उक्त कार्यक्रममा “द्वन्द, शान्ति र विकास अध्ययन” विभागका विभागिय प्रमुख, पिताम्बर भण्डारीले सामाजिक कार्य लगायत अरु विषयहरु पश्चिमीविधाहरु लिएर पूर्वीय मुलुकहरुमा विकास कठिन छ । पारिवारिक क्षेत्र, कार्य क्षेत्र र समाज यी तीन क्षेत्रमा मानव सम्बन्ध जोडिएको र सुख:दुखका बेला सम्बन्ध गाँसिनु आवश्यक रहेको बताएका थिए ।

त्यस्तै, पद्माकन्या क्याम्पसको स्नाताकीय सामाजिक कार्यका विभाग प्रमुख सुक्रिता राई बस्नेतले सम्बन्ध नै परिवर्तनको साधन हाे भन्ने भनाई राख्दै सामाजिक कर्ताहरुबीच मनोवृत्ति र सम्बन्ध शुद्धिकरण जरुरी रहेको बताएका थिए ।

साथै, वरिष्ठ गुरु दशरथ जोशीले बेदका केहि श्लोकहरु बाचन गरी सम्पूर्णलाई सामाजिक कार्य सधियौँ हिन्दुप्रान्तमा अभ्यासमा रहेको छ । हाम्रो पूर्वजहरुले शैक्षिक सिद्धान्त नखोजिएकोले पश्चिमा मुलुकको व्याख्याहरु पढ्दै पढाउँदै आएको छाैँ । याे शैली परिवर्तन गरी हाम्रो प्राचिन साहित्यहरुलाई अध्ययन गर्दै प्राच्य दर्शनकाे पनि अध्ययन गरी मौलिक सामाजिक कार्यको पहिचानको आवश्यकता रहेको जनाएका थिए ।

यसैगरी, डा.मृगेन्द्र बहादुर कार्कीले बौद्ध अवधारणा – शून्यता, जोडेर हामी सबैको आस्तित्व एक अर्कामा निर्भर वा आश्रित अस्तित्व रहेको बताएका छन् । सामाजिक कार्यमा पठन पाठन गरिरहेका विद्यार्थीहरु, दीक्षित विद्यार्थीहरु, गुरुहरु र यसै पेशामा लाग्नु भएका सबैको सहकार्यमा एकआपसमा आफ्नो सीप र ज्ञान दुवैको विकास गर्नुपर्ने उनले बताएका थिए । 

त्यस्तै, प्रमुख डा. शुक्रराज अधिकारीले सामाजिक कार्यसँग सम्बन्धित सम्पूर्ण विद्, शोधार्थी एवम् विद्यार्थीहरूलाई एक जुट भएर लागि पर्न प्रेरित गरेका थिए ।

उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमकाे समापन सभापति ओजेश रिमालले गरेका थिए ।

यसै सन्दर्भमा विद्यावारिधि शोधार्थी सरोज गिरीसँग भएकाे कुराकानी यस प्रकारकाे छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *